भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बाढी प्रभावितलाई राहत उपलब्ध गराउन माग

बाढी प्रभावितलाई राहत उपलब्ध गराउन माग

कर्णाली । प्रदेशसभा सदस्य नरेश भण्डारीले गत असोज ३१ देखि परेको अविरल वर्षाका कारण यही कात्तिक २ गते जुम्लामा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा, हाँकु गाउँ, ७ र ८ नं वडाको सर्मी, सुर्की, ताम्ती, बारागाउँ, बैतडी र टोप्लाको धानबाली, खेतीयोग्य जमिन, सडक, पुल, स्याउ बगैँचा, विद्युत् गृह, खानेपानी, स्थानीय घट्टलगायतमा पु¥याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

जाजरकोट जोड्ने सडकको सीमा क्षेत्रसम्म स्थलगत अनुगमन गर्नुभएका पूर्व मन्त्री भण्डारीले टोप्ला गाउँ अन्धकार भएकाले तत्काल जेनेरेटरको व्यवस्था गर्ने र अन्य गाउँका लागि राष्ट्रिय प्रसारण लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणसँग पहल गर्ने जानकारी दिए । अवलोकनका क्रममा उहाँले बाढी पीडितलाई राहत उपलब्ध गराउनुको साथै दीर्घकालीन समस्या समाधानका लागि यसअघि नै कर्णाली प्रदेश सरकारलाई मागपत्रसहित ध्यानाकर्षण गरिएको जनाए । सडक, विद्युत्, घर, खेतीयोग्य जमिनको कटान, बालीनाली, विद्युत् नष्ट भएकाले राहत तथा पुनःस्थापना र पुनःनिर्माणको विशेष प्याकेज कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।

तातोपानी–८ का धनबहादुर शाहीले आफ्नो दुःखमा अभिभावक बन्दिन जनप्रतिनिधि तथा सरकारलाई आग्रह गर्नुभएको थियो । यसअघि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर आधारभुत आवश्यकता पूरा गर्न मन्त्रालय मातहतका जिल्ला कार्यालयलाई निर्देशन दिनुभएको थियो । पूर्वमन्त्री भण्डारीले बुधबारै तातोपानीको रु एक करोड, प्रदेश सरकारअन्तर्गत आफ्नै सांसद विकास कोषको रु ४५ लाखमा निर्माणाधीन तातोपानी सिंजा गाउँपालिका जोड्ने थारमारे बिलौरी कृषि ग्रामीण सडकको समेत अनुगमन गर्नुभयो ।

तातोपानी–५ लाम्रा श्रीनगर, बयालकाटिय गाउँ हुँदै मध्य सिंजाको जोडु भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण मध्ये ४०० मिटर मात्र बाँकी रहेको उक्त गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । उहाँका अनुसार उक्त सडक निर्माण भएमा सिंजालीवासीलाई करिब २० किमी दूरी कम हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.