भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडौं । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका छन् । सडक विस्तार भइरहेका क्षेत्रमा बिना सूचना दैनिकजसो बत्ती जाँदा गोकर्णेश्वर क्षेत्रका विद्यार्थीको कक्षा प्रभावित भएको हो ।  काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल सडक विस्तार गरिरहेको छ । विस्तारका क्रममा विद्युत्का पोल सार्नेलगायत कारणले बिना सूचना दैनिकजसो बत्ती जाँदा पढाइमा प्रभाव परेको गोकर्णेश्वर नगरपालिका–४ का अभिभावक कृष्णमान श्रेष्ठले गुनासो गर्नुभयो ।  नगरपालिकाले तीन पटकसम्म विद्यार्थीलाई भौतिकरूपमा विद्यालयमै बोलाएर कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको जोखिमका कारण सबै विद्यालयले कार्यान्वयन गर्न सकेका छैनन् ।

केही विद्यालयले कक्षा ६ भन्दामाथिका विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा बढाएर दूरी कायम गरी अध्यापन गराएका छन् । साना विद्यार्थीलाई भने जुमका माध्यमबाट नै अध्ययन अध्यापन गराइएको छ ।  घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी बिना सूचना बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको वल्र्ड युथ इन्टरनेशन स्कूल कक्षा ५ मा अध्ययनरत विदिशा ढुङ्गानाको दुःखेसो छ ।  गोकर्ण नोलाइटका कर्मचारी भने धेरैजसो बत्ती जाने गरेको स्वीकार्छन् । नेपाल विद्युत् प्राधिकरण पुरानो बानेश्वर वितरण केन्द्रको ठेक्कामा राजधानीको उत्तरपूर्वी भेगका पोल सार्ने काम भइरहेको छ । केन्द्र प्रमुख बाबुराम सुवेदी जोरपाटीबाट सुन्दरीजल सडक किनारका पोल सार्ने काम भइरहेकाले बत्ती निभाउन बाध्य हुनुपरेको बताउनुहुन्छ । बत्ती निभाउँदा सधैँ सूचना दिन नसके पनि धेरै विद्यार्थीले जुम प्रविधिबाट नै अध्ययन गरिरहेका छन् भन्ने विषयलाई ध्यान दिइएको उहाँको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.