भारत । उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप रोकिराखेको ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।
चालक निदाएर दुर्घटना भएको र दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । जिपलाई काटेर शव बाहिर निकालिएको प्रहरीले बताएको छ । दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न अधिकारीलाई निर्देशन दिएका छन् ।
