भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

बेलायती नरेश चार्ल्स तृतीयको राज्याभिषेक

बेलायती नरेश चार्ल्स तृतीयको राज्याभिषेक

लण्डन । बेलायती नरेश चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लण्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ श्रीपेच पहिराइने छ । समारोहमा भाग लिन विश्वभरबाट दुई हजारभन्दा धेरै अति विशिष्ट पाहुनाहरु बेलायत पुगेका छन् ।

यसरी आउने पाहुनाहरुमा विभिन्न देशका राजा एवम् राजपरिवारका सदस्यहरु, विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी छन् । आज हुने विशेष समारोहमा राजा चार्ल्स एवम् रानी क्वीन कन्सोर्ट क्यामिलालाई श्रीपेच पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

सुन र हीरा जवाहरातजडित श्रीपेच राजा चार्ल्सको शिरमा पहि¥याइनेछ । सो श्रीपेच यसअघि सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।निधनपछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.