भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग

काठमाडौँ, । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ र वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष श्रीप्रसाद चापागाईंलगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमा सहभागिता थियो । सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको सङ्ख्या थपघट भइरहने गरेको छ ।

कोरोना महामारीका कारण विसं २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो । यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण गर्न थालिएकोे अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए। देउसी, भैलौ, जन्मदिनलगायत दाताले दिने सहयोगबाट १०० भन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ । अभियानमा केही अभियानकर्मीले स्वयंसेवीका रुमपा सहयोग गर्र्दै आएको पनि जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.