भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा विजयी

भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा विजयी

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गर्दै विजयी भएका हुन् ।

संस्थापन निकट थापाले ५ सय ५५ मत प्राप्त गरे भने कवेले ४ सय ४२ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ । यसअघि पनि थापा जिल्ला सभापति थिए । निर्वाचन समिति अनुसार उपसभापतिमा विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा सुशील बस्नेत र राजेश खड्का विजयी भएका छन् । सहसचिव पदमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी भएका छन् । विजयी सबै थापा प्यानलकै रहेको समितिले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.