भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर नपाको आठौं नगरसभा सुरु, अर्को बैठक माघ ४ गते बस्ने

भक्तपुर नपाको आठौं नगरसभा सुरु, अर्को बैठक माघ ४ गते बस्ने

भक्तपुर । नगरपालिकाको आठौं नगरसभा आजबाट सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर आठौं नगरसभा सुरु भएको हो ।

कार्यक्रम सुरु गर्नुहुँदै सभाध्यक्ष प्रजापतिले सम्पूर्ण सभासद्हलाई आफ्नो विचार र सिद्धान्तलाई कायम गर्दै नगर र नगरबासीको सेवाको तत्पर भएर लाग्नुपर्ने बताए । विचार र सिद्धान्त छोड्नु हिमालयमा चिप्लेटी खेल्नु जस्तै हुने भनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले भने जस्तै विचारमा अडिग भई इमानदारितापूर्वक जनप्रतिनिधिले कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।

हिउँदे नगरसभाले विशेषतः ऐन, नियम, कानुन र निर्देशिका निर्माण गर्ने बताउँदै विशेष अध्ययन र सरसल्लाहबाट मात्रै नियम कानुन निर्माण गर्नेमा जोड दिएको बताए । सभामा सबै सदस्यहको सक्रिय सहभागिताको लागि आग्रह समेत गरे । नगरसभाको अर्को बैठक माघ ४ गते आइतबार दिनको १ बजे बस्ने गरी बैठक सकिएको जानकारी गराए ।

 


Thali Mobile Pvt.Ltd.