भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

भङ्गेरीडाँडामा रग्बी रङ्गशाला निर्माण गरिँदै

भङ्गेरीडाँडामा रग्बी रङ्गशाला निर्माण गरिँदै

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो । गुरुयोजनाअनूसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए । रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । हाल जग्गा सम्याउने काम भइरहेको छ । “भक्तपुरलाई खेलकुदको हब बनाउने योजना छ”, उनले भने ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताए। “बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ”, उनले भने । चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रङ्गशालाको डिपिआर सम्पन्न भएको छ । नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ । हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ । खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.