भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । सामूहिक सरुवा माग गर्दै आजबाट भन्सार ठप्प पार्न लागेको उनीहरुले बताएका छन् ।

पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूर्ण कार्य बन्द गर्ने जनाएका छन् ।

माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनीहरूको घोषणा छ । हिजो तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका कर्मचारीले भदौ २७ गतेसम्म माग सम्बोधन नभए फरक किसिमको आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिएका छन् ।

६१ केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरूलाई धमाधम पक्राउ गरेर आतङ्कित बनाएको आरोप उनीहरुको छ । यही भदौ १२ गते कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.