न्युयोर्क । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन टेनिस २०२३ को उपाधि जितेका छन् । यो उनको चौथो यूएस ओपन तथा २४औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो ।
जोकोभिचले फाइनलमा रूसी सुपरस्टार डेनिल मेदभेदेवलाई ६–३, ७–६,७–५, ६–३ ले हराएका हुन् । खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे । उनले रुसी खेलाडी ड्यानिल मेदभेदेवलाई एकपटक पनि अगाडि बढ्ने मौका दिएनन् ।
जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । यसपछि दोस्रो सेट अलि नजिक गयो तर यस पटक पनि सर्बियाका खेलाडीले जितेका थिए । जोकोभिचले दोस्रो सेट ७–६ ले जिते ।
त्यसपछि फेरि एकपटक ड्यानिल मेदभेदेवले तेस्रो र अन्तिम सेटमा हार बेहोरे। यस पटक रुसी खेलाडीले ३–६ ले हार बेहोरेका हुन। दुई वर्षअघि युएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो ।
जसमा जोकोभिच मेदभेदेवसँग पराजित भएका थिए । तर यसपटक युएस ओपन २०२३ मा जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराउँदै जित निकालेका छन् ।
