भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जोकोभिचलाई यूएस ओपन टेनिसको उपाधि

जोकोभिचलाई यूएस ओपन टेनिसको उपाधि

न्युयोर्क । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन टेनिस २०२३ को उपाधि जितेका छन् । यो उनको चौथो यूएस ओपन तथा २४औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो ।

जोकोभिचले फाइनलमा रूसी सुपरस्टार डेनिल मेदभेदेवलाई ६–३, ७–६,७–५, ६–३ ले हराएका हुन् । खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे । उनले रुसी खेलाडी ड्यानिल मेदभेदेवलाई एकपटक पनि अगाडि बढ्ने मौका दिएनन् ।

जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । यसपछि दोस्रो सेट अलि नजिक गयो तर यस पटक पनि सर्बियाका खेलाडीले जितेका थिए । जोकोभिचले दोस्रो सेट ७–६ ले जिते ।

त्यसपछि फेरि एकपटक ड्यानिल मेदभेदेवले तेस्रो र अन्तिम सेटमा हार बेहोरे। यस पटक रुसी खेलाडीले ३–६ ले हार बेहोरेका हुन। दुई वर्षअघि युएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो ।

जसमा जोकोभिच मेदभेदेवसँग पराजित भएका थिए । तर यसपटक युएस ओपन २०२३ मा जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराउँदै जित निकालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.