भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट आएका यात्रु बाेकेर कालिकोट जादै गरेकाे टिप्पर कर्णाली नदीमा खस्याे, दुइ जनाकाे शव भेटियाे

भारतबाट आएका यात्रु बाेकेर कालिकोट जादै गरेकाे टिप्पर कर्णाली नदीमा खस्याे, दुइ जनाकाे शव भेटियाे

२८ जेठ २०७७ जीतेगडा । ३० जना यात्रु बोकेर कालिकाेट जादै गरेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएका मानिसलाई बाेकेर क्वारेन्टाइनतर्फ लैजाँदै गरेको उक्त टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा परी ३० जना वेपत्ता भएको राकम प्रहरीले जनाएको छ ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीयले बताए । भारतबाट आएकाहरुलाई टिप्परले रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा लैजाँदै गरेकाे थियो । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलमा खटिएकाे छ ।

स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी उपलब्ध नभए पछि भारतबाट आएकाहरुको संख्या पनि धैरै भएका कारण ना ८ ख ५१३३ नम्बरको टिपरले बाेकेर लग्दै थियाे । जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए ।

घटनामा २ जनाको शव फेला परेको छ ।, अरु विवरण आउने क्रममा रहेकाे छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्य जारी राखेकाे छ । घटना भएको ठाउँमा फोनले समेत काम गर्दैन ।

 


Thali Mobile Pvt.Ltd.