भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भारतीय छद्मभेषी कदमका विरूद्व चीन ‘अलर्ट’

भारतीय छद्मभेषी कदमका विरूद्व चीन ‘अलर्ट’

काठमाण्डौ । भारतले चीन सीमामा छद्मभेषी कदम चालेपछि चीन अलर्ट रहेको छ । सीमा तनाव कम गर्नको लागि सैन्य र कुटनीतिक स्तरमा प्रयास भइरहे पनि भारतका सञ्चारमाध्यम गलत समाचार प्रसारण गरिरहेका छन् । यता चीनको सरकारी अखबार ग्लोबल टाइम्सले सीमामा भारतको तर्फबाट गोली चल्न सक्ने र त्यसको ‘असहनीय परिणाम’ हुने जनाएको छ ।

भारतले सीमामा सैनिकको सङ्ख्या बढाउनु, चिनियाँ सेनासँगको कुनै पनि झडपमा गोली चलाउने अधिकार दिनुले दुवै देशबीचको तनाव अझै बढ्ने र भारतको लागि पनि यसको परिणाम खतरनाक हुने पर्यवेक्षकलाई उद्धृत गर्दै अखबारले लेखेको छ । ‘दुवै देशको सैन्य कमाण्डर स्तरको छलफलमा अग्रपङ्क्तिमा सैनिकको सङ्ख्या नबढाउने सहमति भए पनि भारतले झन झन फोर्स पठाइरहेको छ ।

chinese troopsसम्भावित सैन्य सङ्घर्षको लागि चीन तयार रहेको पनि उसले उल्यख गरेको छ । भारतको ‘द हिन्दू’ अखबारमा एक रिपोर्ट आएपछि ग्लोबल टाइम्सले जवाफि रिपोर्ट सार्वजनिक गरेको छ ।  यसमा भारतले चीनलाई स्पष्ट सन्देश दिँदै पीएलएका सेना अघि बढे भारतीय सेनाले उनीहरुमाथि गोली चलाउन सक्ने रिपोर्ट छापिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.