भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भारतीय नम्बरको बस धादिङमा दुर्घटना

भारतीय नम्बरको बस धादिङमा दुर्घटना

काठमाडौं । भारतीय नम्बर प्लेटको बस घादिङमा दुर्घटना भएको छ। भारतीय नम्बर प्लेटको बस धादिङको गल्छीमा दुर्घटना भएको हो । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०७ इ ७०३१ नम्बरको दुर्घटनमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको र बसलाई क्रेनको सहायताबाट हटाएर राजमार्ग खुलाउनने काम भइरहेको छ। बस मोडमा भित्तामा पल्टिएको र घाइतेलाई स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको  र घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.