भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदै

च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदै

काठमाडौं । माल्दिभ्सको मालेस्थित १३ औं संस्करण साफ च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदैछ । यस च्याम्पियनसीपमा भारत ७ पटकको उपाधि विजेता हो भने नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।

समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोकेपछि इतिहास रच्दै पहिलो पटक फाइनलमा पुगेको हो ।

पहिलो दुई खेल बराबरीमा रोकिएको भारतले पछिल्लो दुई खेलमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले पनि पहिलो दुई खेल जिते पनि तेस्रो खेलमा भारतसित पराजय व्यहोरेको थियो ।

मालेस्थित राष्ट्रिय रंगशालामा आज नेपाली समयअनुसार राति ८ः४५ मा फाइनल खेल हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम हो । यद्यपि, फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.