सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
उहाँले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिनुभएको हो । मुख्यमन्त्री रावललले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । क्षतिको विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उहाँको सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
वीरगञ्ज। पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२...
काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै छन् । आइतबार सरकारबाट बाहिरिने निर्णय गरेरसाँझ राजीनामा दिएका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...