भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भूतले तर्सायो भन्दै क्‍वारेन्टाइनमा धामीलाई गुहारेपछि…

भूतले तर्सायो भन्दै क्‍वारेन्टाइनमा धामीलाई गुहारेपछि… image

२७ जेठ २०७७ डोल्पा । डोल्पा जिल्लाको एक क्‍वारेन्टाइनमा बसेका मानिसलाई राति भूतले तर्साउने गरेको भन्दै धामी बोलाएर ठिक पार्ने गरेको पाइएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्‍वारेन्टाइनमा रातभरी अदृश्य कुराले तर्साउने गरेको भन्दै यस्तो गरिएको हो ।

कोरोना भाइरसको त्रासकैबीच क्‍वारेन्टाइनमा बसेकी माया उपाध्याय मंगलबार दिनभर कराँउदै अनौठो व्यवहार देखाएको अन्यले बताएका छन् । ‘म तड्पिएको आत्मा हुँ भन्दै कालो मान्छे अयो, तिमिहरु कोही पनि यहाँ बस्न पाउँदैनौं भन्दै उपाध्याय काप्न थालेको क्वारेन्टीनमा बस्नेले बताए । लगातार रोइकराई गर्न थालेपछि झारफुके ब्रह्माणलाई बोलाएर हेर्न लागइयो ।

यति गर्दा पनि ठीक नभएपछि धामीलाई बोलाइयो । धामीले आधा घण्टा झारफुक गरेपछि ठीक भएको रमानन्द उपाध्यायले बताए । यो घटना पछि क्वारेन्टीनमा बस्ने त्रसित भएका छन् । विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई पटक–पटक यस्तै भएर बेहोस हुनेगरेको र झारफुकबाट सञ्चो हुने गरेको विद्यालयका प्रधानाध्यापकको भनाई छ ।

यता स्वाब संकलनका लागि विद्यालय पुगेकी जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमालले यो एक किसिमको रोग भएकाले औषधि खाएपछि ठीक हुने बताएकी छन् । कारेन्टाइनमै बस्दै आएकी महिला रोइकराई गरेर काप्न थालेपछि क्‍वारेन्टाइनमा बसेका पाँचैजना युवतीलाई बगर बजारमा रहेको मध्येवर्ती क्षेत्र ब्यवस्थापन समितिको भवनमा सारिएको नगर प्रमुख ओमबहादुर बुढाले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.