भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

भूमाफियाबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान

भूमाफियाबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान

काठमाडौँ । काठमाडौँ महानगरपालिका– ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भूमाफियाको चङ्गुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरु गरिएको हो । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ ।

वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा वाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी वाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्ने काम अघि बढेको हो । स्थानीयवासीलाई आवश्यक परेका बेला खुला स्थानका रुपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए । वाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यानअन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौँ–१० का सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ । नदी किनारमा वाटिका निर्माणपछि वाग्मती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ । यसैगरी वडा नं १० र ११ मा सार्वजनिक जग्गा मिची बनेका संरचना भत्काएर आकर्षक उद्यान निर्माण गर्न स्थानीय सरकारसँग मिलेर काम गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.