भौतिक पूर्वाधारमा छलाङ मार्दै टोखा

भौतिक पूर्वाधारमा छलाङ मार्दै टोखा

काठमाडौँ । टोखा नगरपालिकाले पूर्वाधारको विकास छलाङ मार्दै गएको नगरप्रमुख प्रकाश अधिकारीले बताएका छन् । वडा नं. ११ को वडा कार्यालय भवनको शिलन्यास गर्दै उनले नगरपालिकाले योजनाको प्रकृति र स्थानीको माग अनुसार अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी काम गरेकाले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको बताए ।

नगरपालिकाको आफ्नै प्रशासनीक भवन निर्माण कार्य भइरहेको भन्दै उनले अब आउने जनप्रतिनिधिले सुविधा सम्पन्न प्रशासनीक भवनबाट सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे । नगरपालिकामा स्वच्छ भावना लिएर आउने जोकोही पनि खाली हात फर्कनु पर्ने अवस्था नरहेको भन्दै अधिकारीले आफूले सेवाग्राहीको भावना अनुसार काम गरिरहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकाले नागरिकलाई सहज सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नका लागि वडा कार्यालय र नगरपालिकाको प्रशासनीक भवन निर्माण कार्य जारी राखेको बताए । सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गरी सेवा प्रवाहलाई उच्च प्राथमिकता राख्दै विकास निर्माणको काम गर्दै आएको स्पष्ट पारे ।

भवन शिलन्यास कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीले निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न आफूहरुले निर्माण व्यवसायिहलाई आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.