भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भौतिक पूर्वाधार निर्माणका लागि चार स्थानीय तह छनोट

भौतिक पूर्वाधार निर्माणका लागि चार स्थानीय तह छनोट

कञ्चनपुर (रासस) । पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि चारवटा पालिकाका पर्यटकीय क्षेत्र छनोटमा परेका छन् । बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिका पर्यटकीय क्षेत्र भौतिक पूर्वाधार निर्माणका लागि छनोटमा परेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने भएको हो ।

बेदकोट–४ स्थित लिङ्गेश्वर पर्यटकीय क्षेत्रको सांस्कृतिक पुरातत्विक तथा पर्यटकीय महत्वका पूर्वाधार निर्माणका लागि मन्त्रालयले रु सात करोड बजेटको व्यवस्था गरेको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयको रु चार करोड ५५ लाख र नगरपालिकाको रु दुई करोड ४५ लाखमा पर्यटकीय क्षेत्रमा पर्यटकको सुविधाका लागि भौतिक पूर्वाधार विकासको कार्य गरिने छ । लिङ्गेश्वर क्षेत्र पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको छ । पहाडको चिरिएका थुम्कोलाई हेर्नका लागि आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटक पुग्ने गर्दछन् ।

मन्त्रालयले कृष्णपुरमा रहेको गविजुला सामुदायिक वनमा साझेदारीमा इकोपार्क निर्माण गर्ने भएको छ । इकोपार्क निर्माणका लागि मन्त्रालयले रु दुई करोड ४० लाख र नगरपालिकाले रु एक करोड २८ लाख व्यहोर्ने गरी रु तीन करोड ६८ लाख रकम विनियोजन गरेको छ । गडबिजुला सामुदायिक वन त्यस क्षेत्रमा रहेको प्राकृतिक ताल र विशिष्ट प्रकारको जैविक विविधताका कारण परिचित रहेको छ । इकोपार्क निर्माणको काम दुई वर्षभित्रै पूरा गर्नुपर्ने छ ।

यसैगरी भीमदत्तमा इकोपार्क निर्माणका लागि मन्त्रालयले रु चार करोड ५० लाख र नगरपालिकाले रु दुई करोड ५० लाखको साझेदारी गर्ने भएका छन् । लालझाडी गाउँपालिकामा समेत मन्त्रालयको रु तीन करोड ४९ लाख र गाउँपालिकाको रु एक करोड ४९ लाख गरी रु चार करोड ९८ लाखको लागतमा पार्क (उद्यान) निर्माण गरिनेछ । उद्यान निर्माणका लागि एक वर्षको समयसीमा निर्धारण गरिएको छ ।

मन्त्रालयले देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी बजेटको व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २७ पर्यटकीय गन्तव्य पूर्वाधार निर्माणका लागि छनोटमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.