भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकवानपुरमा ६७३ घरको छानो फेरिँदै

मकवानपुरमा ६७३ घरको छानो फेरिँदै

मकवानपुर ।  नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा ६७३ विपन्न परिवारको खरको छानो फेरिने भएको छ । क्षेत्र नं २ अन्तर्गतका हेटौँडा उपमहानगरपालिकाको केही क्षेत्र, थाहा नगरपालिका, मनहरि, राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ६७३ घरको खरको छानो हटाएर जस्तापाताका छानो लगाइने भएको हो । मकवानपुर क्षेत्र नं २ का तर्फबाट प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको सहभागितामा जिल्ला समन्वय समिति मकवानपुरले लाभग्राही सङ्ख्या निर्धारण गरेको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाइरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिइएको प्रमुख खुलालले बताए । जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका क्षेत्रको वडा नं १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५०, कैलाश गाउँपालिकामा ७५, मकवानपुरगढी गाउँपालिकामा ५०, मनहरि गाउँपालिकामा १००, राक्सीराङ गाउँपालिकामा १७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत छाना परिवर्तनका लागि निर्धारण गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्पपछि पुनःनिर्माणको लाभग्राहीको सूचीमा नपरेका परिवारले मात्र यो सुविधा प्राप्त गर्ने छन् । रासस

 


Thali Mobile Pvt.Ltd.