भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

मकैबारीबाट गर्भवती महिलाको उद्धार

मकैबारीबाट गर्भवती महिलाको उद्धार image

१२ असार २०७७ अछाम । अछामको तुर्माखाद गाउँपालिका स्थित भैरवस्थान नजिकैको मकैबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । १८ वर्षीया मनिषा उखेडालाई शुक्रबार मकैबारीबाट उद्धार गरिएको हो ।

मनिषालाई सुत्केरी हुन समस्या भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर उनलाई उद्धार गर्न आएको हो । हेलिकप्टर बस्ने ठाउँ नभएपछि मकैबारीमा हेलिकप्टर अवतरण गरी उद्धार गरिएको हो ।

अहिले उनलाई सुर्खेत लगिएको र अस्पतालमा अप्रेशन सफल भएर आमा र बच्चाको अवस्था सामान्य रहेको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहोर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको प्रमुख जिल्ला अधिकारीले बताए ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको कार्यविधि अनुसार अहिलेसम्म अछामका ४ जना महिलाको उद्वार गरिएको राष्ट्रपति महिला उत्थान समन्वय इकाई प्रमुखले बताए ।

देशभर लकडाउनको अवधिमा १९ जना सुत्केरी र गर्भवती महिलाको उद्वार भएको छ । जसमा तीन जना अछामको रामारोशन र तुर्माखाँद गाउँपालिकाका रहेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda