महंगो दसैं, एक किलो च्यांग्रा कै १५ सय रुपैयाँ

महंगो दसैं, एक किलो च्यांग्रा कै १५ सय रुपैयाँ

काठमाडौँ । चीनबाट च्यांग्रा आयात नभएको कारण देखाउदै च्यांग्राको मासुको मूल्य अचाक्ली बढेको छ । दसैंका लागि तिब्बतलगायत स्थानबाट च्यांग्रा आयात नभएको भन्दै च्यांग्राको मूल्य अचाक्ली बृद्धि भएको हो । चीनबाट आयात नहुँदा एउटै च्यांग्राको मूल्य ३८ देखि ४० हजार रुपैयाँ परेको व्यवसायीहरुको बताएका छन् ।

विगतका दसैंमा किलोको ७ सय रुपैयाँमा बिक्री भएको च्यांग्राको मासुको मूल्य अहिले १२ देखि १५ सय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
सरकारले यसपाको दशैमा उपत्यकामा च्यांग्रा आयात नगर्ने जनाएको छ । मूल्य थेगिनसक्नु भएका कारण च्यांग्रा खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.