भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

महाकाली नदीमा फसेका मलामीको उद्धार

महाकाली नदीमा फसेका मलामीको उद्धार

कञ्चनपुर । भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको आज उद्धार गरिएको छ । भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्य्त् गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए । नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । भारतले बिना पूर्वसूचना विद्य्त् गृहको पानी छाडेको बताइएको छ ।

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका– ६ सुतिया नदी नजिकबाट भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत सारदापुरी बस्ने वर्ष ३२ को सुच्चा सिंहलाई २० ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । विशेष सूचनाका आधारमा पक्राउ परेका सुच्चालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–१९ का विवाहसम्बन्धी कसुरका फरार प्रतिवादी वर्ष २५ का मायाचन्द पाललाई प्रहरीले ११ वर्षपछि आज पक्राउ गरेको छ । विसं २०६७ फागुन १८ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले चन्दलाई एक वर्ष कैद र रु पाँच हजार जरिवाना गरेको थियो । अदालतको फैसलापश्चात् चन्द फरार रहेका थिए । घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.