भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हातहतियार सहित दुई जना पक्राउ

हातहतियार सहित दुई जना पक्राउ

रोल्पा । रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताउनुभयो ।

उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.