भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

महिला भेला सम्पन्न, कैलालीमा चुनावी माहोल तीब्र बन्दै

महिला भेला सम्पन्न, कैलालीमा चुनावी माहोल तीब्र बन्दै

कैलाली । मंसिर ४ गते हुने निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ । प्रतिनिधिसभा प्रदेश सभाका उम्मेदवारलाई जिताउनका लागि दलहरु चुनावी मैदानमा होमिन थालेका छन् ।

एकले अर्काका गलत कुराको भण्डाफोर गरेर मत आफ्नो पक्षमा तान्न हौसिएका छन् । यसैवीच संयुक्त लोकतान्त्रिक बाम गठबन्धन दल कैलाली क्षेत्र नं. २ प्रदेश सभा (क) को महिला भेला सम्पन्न भएको छ । निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनका लागि आवह्वान गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाली क्षेत्र २ का उम्मेदवार भगत बहादुर बडुवालले जित्नै पर्ने आवश्यक्ता औल्याए ।

यो लडाई देश भक्त र देशघातीबीच भएको बडुवालले बताए । त्यसैगरी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य कैलाली क्षेत्र नं २ (क) का उम्मेदवार कमल बहादुर शाहले जनतामा एमालेले भ्रम फैलाइरहेको आरोप लगाए ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नं. २ (ख)का उम्मेदवार नन्द बहादुर साउदलाई जिताउन अनुरोध गरे । महिला परिचालन समिति निर्वाचन क्षेत्र नं. २ कैलालीको आयोजनामा भएको भेलामा गठबन्धनका दलले देशघातीहरुलाई हराउनै पर्ने जिकिर गरे ।

व्यवस्था वदल्नका लागि नेपाली महिलाले जनयुद्धलाई साथ दिएर गणतन्त्र स्थापना गरेको र अब अवस्था बदल्नका लागि महिलाले नै सहास गर्नु पर्ने केन्द्रीय सदस्य विमला सिङले बताइन् ।

कार्यक्रममा सबै महिला एकजुट भएर चुनावमा होमिनु पर्ने गीता गर्तौलाले बताइन् । पछिल्लो समय कैलालीमा सबै राजनैतिक दलले चुनावी माहोल तीब्र बनाउदै गएको कैलालीबाट सुष्मा गिरीले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.