भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

महिला मेयर कपको उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

महिला मेयर कपको उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

काठमाडौं । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि भिड्दै छन् । फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुने बताइएको छ ।

विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको थियो ।

एन्फाले सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरेको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका दिएको थियो ।

अब हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा गर्दैछन् ।

 


Thali Mobile Pvt.Ltd.