भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

इलाम ।  इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ । गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु भण्डार ९रष्ट्रिक स्टोर०को स्थापना गरेको हो ।  कृषि अनुसन्धान केन्द्र जौबारीको रु २० लाखको लागतमा निर्माण भएको सो स्टोरमा सहकारीमार्फत स्थानीयले उत्पादन गरेको आलु राखिने छ । रष्ट्रिक स्टोरमा १०० टनसम्म आलु भण्डारण गर्न सकिने सहकारीले जनाएको छ । सो क्षेत्र आलु उत्पादनमा अग्रणी क्षेत्रको रुपमा परिचित छ ।

आलु राख्नकालागि निर्माण भएको स्थानले किसानलाई राहत मिलेको किसानले बताएका छन् । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरी अघि बढिरहेको समेत बताउनुभयो । उहाँले सहकारिताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.