भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

इलाम ।  इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ । गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु भण्डार ९रष्ट्रिक स्टोर०को स्थापना गरेको हो ।  कृषि अनुसन्धान केन्द्र जौबारीको रु २० लाखको लागतमा निर्माण भएको सो स्टोरमा सहकारीमार्फत स्थानीयले उत्पादन गरेको आलु राखिने छ । रष्ट्रिक स्टोरमा १०० टनसम्म आलु भण्डारण गर्न सकिने सहकारीले जनाएको छ । सो क्षेत्र आलु उत्पादनमा अग्रणी क्षेत्रको रुपमा परिचित छ ।

आलु राख्नकालागि निर्माण भएको स्थानले किसानलाई राहत मिलेको किसानले बताएका छन् । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरी अघि बढिरहेको समेत बताउनुभयो । उहाँले सहकारिताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.