भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

माइजोगमाई गाउँपालिकामा २५ जनाको स्वाब संकलन

माइजोगमाई गाउँपालिकामा २५ जनाको स्वाब संकलन

१४ साउन २०७७ । इलामको माइजोगमाई गाउँपालिकाका २५ जनाको स्वाब संकलन गरिएको छ ।  सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा कार्यरत ३५ वर्षीय शसस्त्र प्रहरी जवानलाई कोरोना देखिएपछि परिवारसहित २५ जनाको स्वाब संकलन गरिएको हो ।

सशस्त्रका जवान गत असार २७ गते बिदामा घर आएको जनाइएको छ । २९ गते कार्यस्थल फर्केपछि साउन ८ गते पीसीआर टेस्ट गरिएको थियो। साउन ११ गते आइतबार उनीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

इलामको माईजोगमाई–४ का स्थायी बासिन्दा जवानमा कोरोनाको लक्षणपछि ६ जना परिवारसहित ’कन्ट्याक्ट ट्रेसिङ’ देखिएका २५ जनाको स्वाब संकलन गरिएको जनाइएको छ । परीक्षणका लागि थप स्वाब संकलन गरिएकाहरुको रिपोर्ट पनि पोजेटिभ आए गाउँ नै सिल गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.