भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै | मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने |

माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह

माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको संस्थागत विद्यालयका प्रधानाध्यापकको बैठकले माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख प्रजापतिले गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नखुल्दा विद्यार्थीको शैक्षिक भविष्य नै अन्योलमा रहेको अवगत गराउँदै विद्यालय सञ्चालन सबैको साझा सरोकारको विषय भएको बताए ।

भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवालासंग चरणबद्ध छलफलपश्चात २०७७ माघ १ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णयमा पुगेको हो । बाध्यकारी होइन विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन् । नगरपालिकाले सहज बनाइदिएको जनाएको छ ।

आवश्यक सचेतता अपनाई विद्यालय सञ्चालन गर्नु आजको आवश्यकता भएको र कतिपय सामुदायिक विद्यालयका विद्यार्थीमा अनलाइन कक्षाको पहुँच नभएको हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १, २ र ३ मा वर्क सिट वितरण गरेको छ ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, विद्यालयका प्रधानाध्यापकरु,लगायतले विद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको र सोको लागि अभिभावकसँग छलफल गरेको, शैक्षिक सत्र सुरु ढिलाई हुँदा विद्यार्थीको विवरण भर्ने विषयमा अन्योल देखिएको, स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामाग्रीको अभाव भएकोलगायतका राय—सुझाव प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.