भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदमाथि बम हमला

मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदमाथि बम हमला

काठमाडौँ । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदमाथि बम हमला भएकाे छ ।  राजधानी मालेमा भएको विष्फोटमा  उनी घाइते भएका छन्।  संसद्‌काे बहालवाला सभामुख  रहेका नाशिदमाथि हमला भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा उनी चढेको कार नजिकै विष्फोट भएको थियो। मालदिभ्स प्रहरीले ट्विटमार्फत घटनाबारे जानकारी दिँदै घाइते भएका नाशिदको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ।अस्पतालका अनुसार मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको छ तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। उनका समर्थकहरु अस्पतालबाहिर भेला भएका छन्।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्वीटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.