भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मिथिलाञ्चल क्षेत्रमा आज अनन्त चतुर्दशी पर्व मनाइँदै

मिथिलाञ्चल क्षेत्रमा आज अनन्त चतुर्दशी पर्व मनाइँदै

धनुषा । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज भगवान् विष्णुको विशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्व मनाइँदैछ । मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्व मनाउने परम्परा रहेको छ । यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिकरूपमा पूजा गर्ने चलन छ । पण्डित लालबाबु झाले घरमा जति सदस्य छन्, त्यतिवटा भगवान् विष्णुको १४ नामको १४ गाँठ दिएर धागोले बनाइएको अनन्त डोरा धागो र प्रसादी बोकेर पूजा हुने पूजास्थलमा जाने छिमेकी, आफन्त मिलेर सामूहिकरूपमा पूजा गरेर अनन्त डोरा बाँध्ने परम्परा रहेको बताउनुभयो ।

किंवदन्तीका अनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्र मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृतसहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त डोरा बाँध्ने चलन रहेको पण्डित झाले बनाउनुभयो । चौध वटा रत्नको प्रतीकका रूपमा १४ धागोले बनाइएको अनन्त महिलाले देब्रे र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डित बताउँछन् ।

त्यस्तै धार्मिक शास्त्रअनुसार जब पाण्डवले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेला भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डव समस्त सङ्कटबाट मुक्त भए । यस दिन अनन्तका रूपमा भगवान् विष्णुको पूजा गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.