भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन । ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभामा १७ कातिकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको थियो ।

त्यसका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइको छ । सभामुखसहित १ सय ९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ गरी सत्ता गठबन्धनसँग ५९ सांसद छन् ।

 


Thali Mobile Pvt.Ltd.