भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

मेक्सिको मृत्यु हुनेको संख्या २१ पुग्यो

मेक्सिको मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । मेक्सिकोमा २१ जनाको मृत्यु भएको छ । गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका मध्य उनीहरूको खोजीको क्रममा भएको गोली हानाहानमा २१ जनाको मृत्यु भएको हो । यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह लोस मेक्सिकल्सको हात रहेको विश्वास गरिएको छ । सिउडाड जुवारेजस्थित कारागारबाट कैदीहरू भाग्ने क्रममा १० जना गार्ड र ४ जना कैदी गरी १४ जनाको मृत्यु भएको थियो ।

कारागारबाट भाग्नेहरुमा लोस मेक्सिकल्सका नाइके पनि रहेका छन् । अपहरण र हत्याको अभियोगमा ३३ वर्षीय एल नेटोले १४ वर्ष लामो कैद सजाय भोगिरहेका थिए ।
सन् २०१० मा पनि उनलाई भगाउन गरिएको एक असफल प्रयास दौरान घाइते भएका थिए ।बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीको समेत मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.