काठमाडौँ । उपत्यकाको खानेपानीको समस्या समाधान गर्ने भनेर पटक पटकका सरकारले भने पनि अहिले सम्म मेलम्ची खानेपानी आयोजनाको काम परिक्षणमा नै सकिएजा जस्तो छ ।
आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिदै छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि फेरि परीक्षण गर्न लागिएको भन्दै स्थानीयले जहिले परिक्षणमानै वित्ने भयो भनेर गुनासो गरिरहेका छन् ।
गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो भने अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने उनको भनाई छ ।
सुरुङ्गमार्गबाट पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि उपत्यकामा वितरण शुरु हुने शाक्यले बताए । दुई पानी प्रशोधन केन्द्र रहेको सुन्दरीजलमा पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न ट्याङ्कीमार्फत पाइपमा पानी पठाइने छ ।
