भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मोगादिशुमा कारबम विस्फोट तीनको मृत्यु

मोगादिशुमा कारबम विस्फोट तीनको मृत्यु

साङ्केतिक तस्वीर
मोगादिशु (रासस ÷एएफपी ) । मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले बताउनु भएको छ । हालसम्म प्राप्त समाचारअनुसार तीन जना नागरिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले एएफपी समाचार समितिलाई बताएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर गोली हानेको हुनाले धेरै मानिसलाई सडकबाट टाढा भाग्न मद्दत पुगेको र विस्फोटनको कारण हुने मृत्युको संख्या कम भएको पनि मोहम्मदले थप जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीले गोलीबारीको आवाज सुनेका बताएका थिए । ‘विस्फोटन आवाज ठूलो थियो, म एक पसलभित्रे थिए ’ प्रत्यक्षदर्शीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.