भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मोगादिशुमा कारबम विस्फोट तीनको मृत्यु

मोगादिशुमा कारबम विस्फोट तीनको मृत्यु

साङ्केतिक तस्वीर
मोगादिशु (रासस ÷एएफपी ) । मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले बताउनु भएको छ । हालसम्म प्राप्त समाचारअनुसार तीन जना नागरिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले एएफपी समाचार समितिलाई बताएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर गोली हानेको हुनाले धेरै मानिसलाई सडकबाट टाढा भाग्न मद्दत पुगेको र विस्फोटनको कारण हुने मृत्युको संख्या कम भएको पनि मोहम्मदले थप जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीले गोलीबारीको आवाज सुनेका बताएका थिए । ‘विस्फोटन आवाज ठूलो थियो, म एक पसलभित्रे थिए ’ प्रत्यक्षदर्शीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.