भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

लण्डन, । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाउनुभएको छ । लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उहाँले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताउनुभयो । “भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु,’ भन्ने मनोवृत्ति हुनुपर्छ,” प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक सङ्घ आरएसएस लाई आक्रमणको निशाना बनाउँदै उहाँले भन्नुभयो ।

अवसरहरूमा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मअनुसार सबैको समान पहुँच हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको स्पष्ट गर्दै दलित होस् वा ब्राह्मण समान व्यवहार र अवसर उसले पाउनुपर्ने ५१ वर्षीय नेता गान्धीले थप्नुभयो । भारतीय लोकतन्त्र विश्वकै लागि महत्वपूर्ण रहेको र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गर्नुभयो । यो यथार्थलाई संयुक्त राज्य अमेरिकाले महसुस गरिरहेको पनि नेता गान्धीले उल्लेख गर्नुभयो ।

 

 


Thali Mobile Pvt.Ltd.