काठमाडौं । यस पटकको दशैं तिहार अस्ट्रेलियामा बस्ने नेपालीको दमदार हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेललगायत नेपाली पप क्षेत्रका बहुचर्चित गायकहरूसङै अस्ट्रेलियामा बस्ने नेपालीहरूले उमंगकासाथ नेपाली चाड मनाउने भएका हुन ।
नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेल पनि साथमा रहने बताइएको छ । दशै तिहारका अवसरमा अस्ट्रेलियाका विभिन्न ठाउँमा आफ्नो साङितिक प्रस्तुती दिने भएकाले नेपालीहरूमा उत्साह थपिएको छ ।
भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायत चर्चित ठाउँहरुमा प्रस्तुति रहने छ ।
अस्ट्रेलियामा साङितिक प्रस्तुती दिने कुराको जानकारी दिन पाउँदा गायक नवीन के भट्टराईले आफू उत्साहित भएको बताए । यो बर्षको ठूलो चाड संगीतमय हुने मा आशावादी भएको गायक सुगम पोखरेलले बताए ।
आफ्नो पहिलो साङितिक यात्रा दाईहरु संगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको आदेशले बताए । सेप्टेम्बर २३ देखि अक्टोबर अन्तिम हप्तासम्म हुने कार्यक्रम नेपालीहरुका लागि खुशीको कुरा भएको बताए ।
अस्ट्रेलियाबासी नेपालीहरुले संगीतमय तरिकाले दशैं तिहार मनाउन पहल गर्न पाउँने अवसर मिलेकोमा आशाको दियो अझ झकिझकाउ भएको कार्यक्रम संयोजक युट्सल दाहालले कैलाश खबरलाई बताए । कार्यक्रम सभ्य र भव्य बनाउँन सबैको साथ र सहयोगको आवश्यक्ता रहेको उनको भनाइ छ ।
