भर्खरै : Sorry, your browser does not support inline SVG.

युरोपा लिग च्याम्पियन सेभियासंग चेल्सीकाे बराबरी

युरोपा लिग च्याम्पियन सेभियासंग चेल्सीकाे बराबरी

एजेन्सी । चेल्सीले युरोपा लिग च्याम्पियन सेभियासंग च्याम्पियन्स लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ । समूह इको खेलमा सेभियासंग चेल्सीले घरेलु मैदानमा गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । एडुअर्ड मेन्डीले पहिलो रोजाईको गोलकिपरको रुपमा आफुलाई प्रमाणित गरेको खेलमा चेल्सीले सेभियालाई गोल रहित बराबरीमा रोक्न सफल रह्यो ।

चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले समेत पहिलो रोजाईको गोलकिपरको रुपमा मेन्डीले आफ्नो क्षमता प्रस्तुत गरेको बताए । उनी सेप्टेम्बरमा रेनेसबाट चेल्सी आएका थिए । उनले च्याम्पियन्स लिगको पहिलो खेलमा केही उत्कृष्ट बचाउ गरे । र युरोपा लिग विजेता सेभियाबाट अंक खोस्न सफल भए । खेलमा उनले केही निश्चित गोलका अवसरलाई बिफल बनाएका थिए ।

सेनेगलका अन्तराष्ट्रिय खेलाडी चोटबाट मैदान फर्कदै नेमान्जा गुडल्जको हेडलाई उत्कृष्ट ढंगले बचाउ गरेका थिए । गोलकिपरको गल्तीबाट पटक पटक दुख पाएका लाम्पार्डले किपा एरिजाब्लागाको राम्रो विकल्प भेटाएका छन् । लाम्पार्डको नेतृत्वमा यो पहिलो गोल रहित बराबरीको खेल हो ।

चेल्सीले राम्रो डिफेन्सको नमुना प्रस्तुत गरेको थियो । जसबाट प्रशिक्षक लाम्पार्डले राहतको महशुश गर्न सक्छन् । दुवै टिमले बराबरी खेल्दै समूहमा समान १ अंक जोडेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.