भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अजरबैजान र अर्मेनियाबीच राेकिएन युद्ध

अजरबैजान र अर्मेनियाबीच राेकिएन युद्ध

एजेन्सी। दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ । बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा युद्ध भइरहेको छ । उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेको दाबी गरिएको छ ।

अस्थायी शान्ति सम्झौता उल्लंघन भएको भन्दै गत आइतबार फेरि नयाँ सम्झौता गरिएको थियो । त्यसपछि त्यहाँ शान्ति छाउने अपेक्षा गरिएकोमा झनै युद्ध बढेको छ ।दुई देशबीच गएको सेप्टेम्बर अन्तिमबाट सीमा क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ । विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ। तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन् ।

सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.