भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

ब्रसेल्स । युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उहाँको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उहाँको निधन भएको पुष्टि गर्नु भएको छ ।

इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत हुनुुहन्थ्यो । उहाँ युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.