भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

युवकलाई गोली हानेको ठाउँमा भेटियाे खिया लागेकाे पेस्तोल

युवकलाई गोली हानेको ठाउँमा भेटियाे खिया लागेकाे पेस्तोल

काठमाडौं । मंगलबार गोली हानेर पक्राउ परेका युवक अविनाश राईको साथबाट प्रहरीले ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् । ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण गरेको रेग्मीले दाबी गरे ।

त्यसक्रममा नियन्त्रणमा लिन गोली चलाएको उनको भनाइ छ ।प्रहरीको गोली राईको दाहिने खुट्टामा लागेको छ । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाएर राईलाई पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.