भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यौन दुर्व्यवहार आरोपमा दुई शिक्षक प्रहरी नियन्त्रणमा

यौन दुर्व्यवहार आरोपमा दुई शिक्षक प्रहरी नियन्त्रणमा

मकवानपुर । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । नीहरूमध्ये दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

आरोपित शिक्षकद्वय लोकबहादुर र रुद्रबहादुरलाई जिल्ला प्रहरी कार्यालय, हेटौंडा लगिएको छ। अर्का हेमबहादुर भने २५ चैतमा आफै प्रहरीको सम्पर्कमा आएका थिए ।

तीनै जना शिक्षकमाथि अनुसन्धान भइरहेको मकवान प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै छात्राले प्रहरीमा उजुरी दिएका थिए ।

स्थानीय बासिन्दाले गाउँमै मिलाउन खोजेपछि उनीहरू गत २४ चैत राति उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.