भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

सुर्खेत । कर्णाली सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीले फिर्ता लिएको छ। मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले फिर्ता लिएको जानकारी गराएकी हुन्। कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित हुने देखिन्छ। कर्णालीमा तीन मन्त्रालयसहित एमाले सरकारमा छ। केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको छ ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन्। कर्णाली प्रदेशमा राप्रपाको एक सिट छ। गठबन्धन दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

 

 


Thali Mobile Pvt.Ltd.