भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राप्रपा उम्मेदवारमाथि आक्रमण

राप्रपा उम्मेदवारमाथि आक्रमण

काठमाडौं । स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषाको सबेल नगरपालिकामा आफ्नो पार्टीका वडा सदस्यका उम्मेदवार माथि एमाले कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा गरेको छ ।

सबेला नगरपालिका वडा नं– ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमालेका कार्यकर्ताले सांघातिक हमला गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि मिया र उनको ७ जना परिवारका सदस्यमाथि हमला भएको उनको भनाइ छ ।

सो घटना घृणित, लज्जास्पद र दुःखदायी भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले माग गरेको छ ।

यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उमेदवारलाई लछारपछार गरिएको घटनाप्रति पनि राप्रपाले भत्सर्ना गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.