भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीतले नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको उल्लेख गर्दै भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको उपराष्ट्रपति पुन ःको सन्देशमा उल्लेख छ । सम्पूर्ण तामाङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना प्रधानमन्त्री देउवाले गरेका छन् ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेहका छन् ।

 


Thali Mobile Pvt.Ltd.