भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राष्ट्रपति चयनमा दलहरूको प्राथमिकता, ‍राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा कांग्रेसको दावी

राष्ट्रपति चयनमा दलहरूको प्राथमिकता, ‍राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा कांग्रेसको दावी

काठमाडौं । आमनिर्वाचनपछि राजनीतिक दलहरूले कार्यकारी प्रधानमन्त्रीभन्दा पनि संवैधानिक राष्ट्रपति चयनलाई मुख्य प्राथमिकता दिइरहेका छन् । प्रतिनिधिसभामा कुनै पनि गठबन्धनको स्पष्ट बहुमत नरहेका कारण आगामी दिनमा राष्ट्रपतिको भूमिका झनै बढ्ने उनीहरूको अनुमान छ ।

यसअघिका राष्ट्रप्रमुखले तरल राजनीतिक परिस्थितिमा आआफ्नो पूर्वपार्टीका पक्षमा खेलेको भूमिकाका कारण पनि दलहरूको चासो राष्ट्रपति छनोटमा केन्द्रित भएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबीका लागि आह्वान गरिसकेको अवस्थामा सत्ता गठबन्धनभित्रका दलहरूले राष्ट्रपतिसहितका पदमा एकमुष्ट सहमति गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

अहिलेको सत्ता गठबन्धन नयाँ सरकार बनाउन असफल भए मात्र संसद्को दोस्रो ठूलो दल एमाले अग्रसर हुने देखिन्छ । माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनबाट बाहिर ल्याएर राष्ट्रपति पद आफूले लिने रणनीतिअनुरूपको पहल भने एमालेले गरिरहेको छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिन खोजिरहेको छ ।

कांग्रेसमा संस्थापनइतर समूहका केही नेताले प्रधानमन्त्री अहिले माओवादीलाई दिएर राष्ट्रपति पद आफूले लिनुपर्नेमा जोड दिइरहेका छन् । गठबन्धनको अर्को दल एकीकृत समाजवादीले शक्ति बाँडफाँटका क्रममा राष्ट्रपति पदमा दाबी गर्ने संकेत गरिसकेको छ । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.