भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रपति चयन गर्न नसक्दा लेवनान थप राजनीतिक अनिश्चिततामा फस्यो

राष्ट्रपति चयन गर्न नसक्दा लेवनान थप राजनीतिक अनिश्चिततामा फस्यो

काठमाडौं । संसदको १२ औँ अधिवेशनबाट पनि लेबनान नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । बुधबार संसदको १२ औं अधिवेशनले पनि राष्ट्रपति चयन नहँदा लेवनान थप राजनीतिक अनिश्चिततामा फसेको हो । पहिलो मतदानमा दुवैले दुई तिहाइ बहुमत वा कुल ८६ मत प्राप्त गरेका थिएनन् भने त्यसपछि लामो समयसम्म गणपूरक सङ्ख्या नपुगेका कारण दोस्रो चरणको मतदान हुन सकेको थिएन।

सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन। लेबनान अभूतपूर्व आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्नेछ।
राष्ट्रपति पदको दौडमा दुई शिया पार्टी हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन प्राप्त मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिहले आफ्ना मुख्य प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री जिहाद अजौरलाई पछि पारे।

उनलाई देशका दुई ठूला क्रिश्चियन पार्टीहरु फ्री प्याट्रियटिक मुभमेन्ट र लेबनानी सेनाको समर्थन प्राप्त थियो। निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी जिहाद अजौरको ५९ मत आएको छ भने उनका प्रमुख प्रतिद्वन्द्वी फ्रान्गिहको ५१ मत आएको छ।

 


Thali Mobile Pvt.Ltd.