भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

पेरिस, । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको हो । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन् । फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै रहेका छन् ।

ती मध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाभाइरसका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । फ्रान्समा रहेका व्यक्ति मध्ये ८०.९ प्रतिशतले कोरोनाभाइरस विरुद्ध कम्तीमा एउटा खोप लगाएका छन् । कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.