भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राष्ट्रपति पुटिन इरान भ्रमणमा

राष्ट्रपति पुटिन इरान भ्रमणमा

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दोस्रो विदेश भ्रमणमा निस्कएका छन् । राष्ट्रपति पुटिन इरान पुगेका हुन । इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट समेत गरेका छन् । राष्ट्रपति पुटिनको भ्रमणले मस्कोका थोरै अन्तर्राष्ट्रिय गठबन्धनमा पर्ने मुलुकमध्ये एक इरानसँगको सम्बन्ध अझै मजबुत हुने अनुमान गरिएको छ ।

इरानमाथि पनि पश्चिम जगतले आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ । उनले इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी र टर्किस राष्ट्रपति रिसेप तायप एर्दोआनसँग पनि भेटवार्ता गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेन युद्ध प्रारम्भ भए यता पूर्व सोभियत गणराज्यहरूको भ्रमण सीमित पारेका छन् । इरानका राष्ट्रपति इब्राहिम रैसीसँगको भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनको विषयमा छलफल भएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.