भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विराट एक्स्पो’ उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विराट एक्स्पो’ उद्घाटन

मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन यस्ता एक्स्पोले सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्नेछ भन्नुभयो ।उहाँले एक्स्पोबाट उत्पादनको खरिद बिक्रीमात्र नभई उद्यमी व्यवसायीबीच अनुभव र सिकाइको आदान–प्रदान हुनेछ भन्दै छिमेकी मित्र राष्ट्रका उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका सम्भावना खोजी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “यस औद्योगिक मेलाका माध्यमबाट यस क्षेत्रका पर्यटकीय गन्तव्य, कृषि, हस्तकला र औद्योगिक उत्पादनहरूको प्रवद्र्धनमा विशेष टेवा पुग्ने आशा राखेको छु ।”

राष्ट्रपति भण्डारीले विगत तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुनपुगेको मुलुकको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको इतिहासमा विराटनगरको विशिष्ट र सम्मानित पहिचान छ भन्दै यस क्षेत्रका उद्यमीहरूले सामाजिक क्षेत्रमा गरेको योगदान सधैँ प्रशंसनीय रहेको छ बताउनुभयो ।राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।प्रदेश नं १ प्रदेश प्रमुख पर्शुराम खापुङले देशको अर्थतन्त्र र औद्योगिक क्षेत्रमा प्रवद्र्धन गर्न एक्स्पोले मद्दत गर्ने बताउनुभयो । उहाँले उद्योग सङ्गठनले औद्योगिक क्षेत्रमा खेलेको भूमिका रचनात्मक र प्रशंसनीय रहेको धारणा राख्नुभयो ।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्रलाई बलियो बनाउन नसकिने विचार व्यक्त गर्नुभयो । उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकारबाट बञ्चित गराएको गुनासो गर्दै विकास र समृद्धिको सम्भावनाका साथै प्रकृति र संस्कृतिको हिसाबले यो प्रदेश समृद्ध छ भन्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उत्पादक र उपभोक्तालाई जोड्ने यस एक्स्पोबाट सबैले लाभ लिने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल र उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराट एक्स्पोको विविध पक्षमा जानकारी गर्दै ‘मेरो देश मेरै उत्पादन’ लाई सङ्गठनले बढावा दिएको धारणा राख्नुभयो ।विराटनगरलाई आर्थिकरूपमा चलायमान गराउन उद्योग सङ्गठन मोरङद्वारा सञ्चालित एक्स्पो आजदेखि पुस ६ गतेसम्म सञ्चालन हुने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादनसहितका तीन सय ६१ वटा स्टल रहनेछन् ।स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुतिका साथै फेशन शो र विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगितालाई मनोरञ्जनको मुख्य आकर्षण बनाइएको एक्स्पोका संयोजक दुलालले जानकारी दिनुभयो ।नेपालका साथै भारत, बङ्गलादेश र पाकिस्तानलगायत विभिन्न मुलुकका उत्पादन प्रदर्शनीमा रहने उहाँले बताउनुभयो । एक्स्पोमा दुई लाख उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.